खोटाङ : खोटाङ र उदयपुरलाई जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान भई शनिबारदेखि सञ्चालनमा आएको छ।
पुल सञ्चालनमा आएपछि दक्षिणी खोटाङ र भोजपुरका हजारौँ बासिन्दाको दैनिक आवतजावत सहज भएको छ।
पक्की पुल नहुँदा वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयलाई बेलिब्रिजले ठूलो राहत दिएको छ।
यसअघि बाढीले फोक्सिङटार पुल बगाएपछि दिक्तेलसहित दक्षिणी खोटाङका बासिन्दा उदयपुर र तराई झर्न कठिनाइमा परेका थिए।
कोशी प्रदेश सरकारले खरिद गरेको ५१.८१ मिटर लम्बाइ र ४.१ मिटर चौडाइको बेलिब्रिज ५७ लाख रुपैयाँ लागतमा जडान गरिएको हो।
पुल सञ्चालनसँगै बेलटार हुँदै धरान, इटहरी, विराटनगर र झापा आइपुग्न सहज हुने भएको छ।
स्थानीयका अनुसार बेलिब्रिजले स्वास्थ्य, शिक्षा, व्यापार र कृषि क्षेत्रमा तत्काल प्रभाव पार्नेछ भने तराईसँगको पहुँच सिधा जोडिएको छ।














Discussion about this post