भायानेट कम्यूनिकेशन प्रा. लि को इनरुवामा शाखा विस्तार गरिएको छ ।
मंगलबार सुनसरी सदरमुकाम इनरुवामा भायानेट कम्यूनिकेशनको शाखा विस्तार गरिएको हो ।
एक कार्यक्रमका बीच शाखा उद्धघाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र शाह रहेका थिए ।
उनले कार्यक्रममा बोल्दै कोभिड १९ ले मुलुक आक्रान्त रहेपनि इनरुवामा नेट स्थापना हुनुले ग्रामीण क्षेत्रमा पनि नेटको पहुँच हुने बताए ।

भायानेटको २९ औँ शाखाका रुपमा इनरुवामा भायानेट सञ्चालन गरिएको शाखाका शाखा प्रमुख राजन कोईरालाले बताए ।
उनका अनुसार ग्रामीण क्षेत्रमा पनि नेटको सुविधा पुर्याउने उदेश्यले इनरुवामा शाखा कार्यालय स्थापना गरिएको हो ।














Discussion about this post