Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशमा चुनावी रिपोर्टिङ जोखिमपूर्ण, इटहरीमा सरोकारवालाको छलफल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १६, २०८२
in समाचार
0
कोशी प्रदेशमा चुनावी रिपोर्टिङ जोखिमपूर्ण, इटहरीमा सरोकारवालाको छलफल
67
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै इटहरीमा ‘प्रदेश खबर डटकम’ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकार सुरक्षाको विषय प्रमुख एजेन्डा बनेको छ।

कोशी प्रदेशका विभिन्न स्थानका पत्रकारहरूले यसपटकको निर्वाचनमा फिल्ड रिपोर्टिङ थप जोखिमपूर्ण बन्न सक्ने धारणा राखे।

झापामा रिपोर्टिङका क्रममा पत्रकारमाथि भएको हातपात घटनालाई उदाहरण दिँदै पत्रकार किशोर बुढाथोकीले सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै गएको बताए।

प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्लेले निर्वाचन सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्ने सन्दर्भमा पत्रकार–सुरक्षाकर्मी समन्वयमा जटिलता आउन सक्ने उल्लेख गरे।

अघिल्ला निर्वाचनहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग रहेको प्रत्यक्ष समन्वय सेनासँग तुलनात्मक रूपमा कम हुने भएकाले रिपोर्टिङमा अप्ठ्यारो हुन सक्ने उनको भनाइ थियो।

पत्रकार अञ्जनी कुमार घिमिरे र प्रकाश पाक्सावाले चुनावी वातावरणमा फिल्ड रिपोर्टिङ गर्दा विशेष सतर्कता आवश्यक रहेको बताए। सुरक्षाकर्मी नै उच्च सतर्कतामा रहने अवस्थामा पत्रकार झनै जोखिममा पर्न सक्ने उनीहरूको धारणा थियो।

कार्यक्रममा सहभागी सरोकारवालाले प्रेस पास, सवारी पास तथा परिचयपत्र अनिवार्य रूपमा साथमा राख्न आग्रह गरेका छन्। साथै, निर्वाचन अवधिमा उत्कृष्ट रिपोर्टिङ गर्ने संवाददातालाई ‘टप अफ द मन्थ’ घोषणा गरी पुरस्कृत गरिने जानकारी पनि दिइयो।

नयन मिडिया एण्ड एड्भरटाइजिङ प्रालिका अध्यक्ष तथा प्रदेश खबरका सम्पादक पवन अधिकारीले निर्वाचन लक्षित रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण हुनु गम्भीर विषय भएको बताए।

प्रदेश खबरका समाचार प्रमुख कृष्ण भट्टराई जुनेलीले पत्रकारहरूले आफ्नो सुरक्षामा स्वयं सचेत रहँदै सत्य तथ्य र निष्पक्ष ढङ्गले रिपोर्टिङ गर्नुपर्ने बताए।

कार्यक्रमको निष्कर्षमा पत्रकारमाथि हुने आक्रमण गम्भीर विषय भएकाले सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित र सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो।

साथै सोही कार्यक्रममा प्रेस ज्याकेट र परिचयपत्र वितरणसमेत गरिएको थियो।

Tags: छलफलपवन अधिकारीप्रदेश खबर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.