आठ हजार भन्दा अग्ला हिमालमा मृत्यु चुम्न पुगेका मानिसहरूको प्राण बचाउने र त्यो विकट र विषम अवस्थाबाट हिमाल आरोहीहरूको सकुशल उद्वार गर्ने व्यक्ति हुन्, पास्तेम्बा शेर्पा ।
गाउँकै साथीहरूसँग हिमालमा सामान पु¥यायो भने पैसा पाइन्छ भनेर पहिलो चोटी भारी बोकेर जाँदा हिउँमा चिप्लिएर लडेर रुदैँ रुदैँ भारी उठाउँदै फेरी बोकेर मकालु बेस क्याम्प पुगेका पास्तेम्बाले सोचेका पनि थिएनन् कि भविष्यमा सयौं मानिसको प्राण अस्ताउने हिमा चुचुराहरूमा दैडिदैँ तिनै मानिसहरूको जीवन वरदान बनिदिने ‘रेस्क्यु मेन’ बन्छु भनेर ।
तर उनको कडा परिश्रम, मिहिनेत, दृढता र हिमालको काखमा बितेको आफ्नो बाल्यकाल र किशोर अवस्थाले उनका नसा नसामा हिमाली स्वाश भरिदिएको रहेछ ।
तिनै सगरमाथाको तीन पटक सफल आरोहण, मकालु हिमाल एक र मनास्लु हिमाल तीन पटक सफल आरोहण गरिसकेका पास्तेम्बाले आमा दमबल, मेरापिक, आईलेण्ड पिक, लोबुचेजस्ता हिमालहरूको दर्जनौँ पटक आरोहण गरिसेका छन् भने धेरै हिमाल आरोहणमा सोख राख्ने विदेशी तथा स्वदेश आरोहीहरूलाई सगरमाथाको शिखर चुमाइसकेका छन् ।
हिमाल आरोहण सम्बन्धिका आधारभूत सबैखाले तालिमहरू लिइसकेका, माउण्टेन रेस्क्युमा तालिम प्राप्त पास्तेम्बा हिमाललाई जोगाउन र श्रृङ्गारन सके नेपालीलाई पाल्न र प्रतिष्ठित भएर संसारभरी हिमाली देशको मानिस भएर बाँच्न गतिलो र गहकिलो आधार प्रदान गर्नेमा ढुक्क छन् ।




















Discussion about this post