इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १२ शान्ति चोकस्थित कोशी लोकमार्गमा अवैध रुपमा भन्सार छली गरी ल्याइएको लत्ता कपडा प्रहरीले बरामद गरेको छ।
प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट आउँदै गरेका सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा अन्दाजी दुई लाख ५७ हजार ८ सय बराबरको लत्ता कपडा फेला पारेको हो।
बरामद गरिएको सामान हाल इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। उक्त सामग्री आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले भन्सार छली गरी सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्न चेकजाँचलाई थप कडाइ गर्ने जनाएको छ।














Discussion about this post