यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँद्धारा लिखित उपन्यास महारानीले पाएको छ ।
मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार महामारीको रोकथाम भएर परिस्थिति सहज भएपछि पुरस्कार वितरण गरिनेछ ।














Discussion about this post