भोजपुर : अविरल वर्षाका कारण अवरुद्ध बनेको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर–चखेवा–दिक्तेल हुँदै काठमाडौं जाने सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
शनिवार बेलुकाबाट पूर्ण रूपमा यातायात ठप्प भएको उक्त सडक करिब २४ घण्टापछि आंशिक रूपमा सञ्चालनमा ल्याइएको हो।
भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा रहेको पुल बाढीले बगाउँदा उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
पुल बगेसँगै सडक संरचना समेत क्षतिग्रस्त हुँदा वैकल्पिक मार्गबाट समेत यातायात सञ्चालन गर्न नसकिने अवस्था भएपछि यातायात सञ्चालनमा समस्या भएको थियो।
हाल सडक विभागले उक्त स्थानमा मर्मत तथा पुनः सञ्चालनका लागि काम गरिरहेको जनाइएको छ।















Discussion about this post