इटहरी : पछिल्लो समय मोबाइल फोनहरूमा अपरिचित व्यक्तिबाट म्यासेज गरी लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ।
खासगरी लटरी परेको भन्दै अनलाइनको माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
सामाजिक सञ्जालमार्फत आउने ‘तपाईंले लटरी जित्नुभयो’ भन्ने झुटा सन्देशप्रति सर्वसाधारणलाई सचेत रहन नेपाल प्रहरीले आग्रह गरेको हो।
प्रहरीका अनुसार फेसबुक, मेसेन्जर, इमेल वा ह्वाट्सएपजस्ता माध्यमबाट ‘तपाईंको नाममा लटरी परेको छ’ भन्दै लिंक पठाउने र ट्याक्स वा शुल्क तिर्नुपर्ने भन्दै पैसा माग्ने ठगीका घटना बढ्दै गएका छन्।
प्रहरीले यस्ता अनलाइन ठगीबाट बच्नका लागि अज्ञात लिंकमा क्लिक नगर्न, ओटीपी, पासवर्ड, बैंक विवरणजस्ता व्यक्तिगत जानकारी कसैलाई नदिन र पैसा मागिएको अवस्थामा थप सतर्क रहन आग्रह गरेको छ।
साथै कुनै शंकास्पद सन्देश वा अकाउन्ट देखिएमा तुरुन्तै रिपोर्ट गर्न र आधिकारिक स्रोतबाट मात्र जानकारी पुष्टि गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।















Discussion about this post