Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

रासस by रासस
बैशाख २५, २०८३
in विविध, समाचार
0
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ
58
SHARES
Share on FacebookShare on Twitter

झापा : मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा निर्माण भएको ‘प्रकृति पार्क’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको छ ।

चार दशकदेखि जङ्गली हात्तीको आक्रमण खेपिरहेको बाहुनडाँगी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले वडाध्यक्ष एवं संरक्षण अभियन्ता अर्जुन कार्कीको पहलमा तीन वर्ष अघि रु ४२ लाखको लगानीमा उक्त पार्क स्थापना भएको हो ।

मेची नदीको किनारमा रहेको एक बिघा क्षेत्रमा फैलिएको पार्कमा हात्ती र चराहरूको प्रतिमा राखिएका छन् भने फूलको बगैँचा, बाइस जलधारा, चौतारो र रुखहरूले हरियाली बनाइएको छ ।

मुख्य पार्कबाट दक्षिणतिर रहेको करिब चार बिघा खोला बगरमा हरियालीका लागि जङ्गल हुर्काइएको छ । हात्तीको सुँढबाट बगेको पानीको २२ वटा झरना पार्कको मुख्य आकर्षण हो ।

भारतबाट सीमा छिचोलेर जङ्गली हात्तीको बथान नेपाल प्रवेश गर्ने गौँडामा रहेको यो पार्क हात्ती अवलोकन गर्ने स्थानका रूपमा परिचित रहेको स्थानीय बताउँछन् ।

पार्क रहेको स्थानबाट दुई किलोमिटर पश्चिममा मेचीपारि भारतको लोहागढ जङ्गल पर्दछ । सोही जङ्गलबाट प्रत्येक साँझ ६० देखि १०० वटासम्म जङ्गली हात्तीको बथान मेचीको लामो बगर छिचोल्दै यही पार्क छेउ भएर नेपाल प्रवेश गर्छन् ।

पार्कमा रोपिएका फूल फुल्ने एक सय प्रजातिका बिरुवाले सौन्दर्य थपेको छ भने हात्तीले खान रुचाउने ‘इलिफेन्ट फ्रुट’ नामक बिरुवा पनि प्रकृति पार्कमा हुर्काइएको छ ।

भारतबाट आहारको खोजीमा बगरैबगर बाहुनगाँडीतिर आउने गरेका हात्तीका बथान खोला किनारमा अलमलिउन् भनेर पार्कमा ‘इलिफेन्ट फ्रुट’ सहित हात्तीमैत्री बिरुवा रोपिएको वडाध्यक्ष कार्कीले बताए । उनका अनुसार सो स्थानमा अम्बकसहित फलफूलका बिरुवासमेत हुर्काइएका छन् ।

चराचुरुङ्गीको वासस्थान र संरक्षणका लागि फलफूलका बिरुवा पार्कमा लगाइएका वडाध्यक्ष कार्कीले उल्लेख गरे । बाहुनडाँगी क्षेत्रमा बगर बट्टाई, कोइली, स्वर्गचरी, राजधनेषलगायत दुर्लभ चराको वासस्थान भएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देवेन्द्र खरेलले जानकारी दिए ।

उनअनुसार प्रकृति पार्कमा पुगेपछि पर्यटकले रमाइलो मात्र होइन, मानव-हात्ती द्वन्द्वका विषयमा समेत स्थलगत अध्ययनको अवसर पाउनेछन् ।

भारतको आसामबाट पश्चिम बङ्गालको सुकुना जङ्गल हुँदै कोशी नदी किनारको कोशी टप्पु वन्यजन्तु आरक्षसम्म विचरण गर्ने एसियाली हात्ती नेपालको बाहुनडाँगीमा प्रवेश गर्ने मुख्य गौँडा पार्कमा आउने भएकाले पर्यटकले अवलोकन गर्न पाउने वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले बताए ।

हरियाली र शितल हावा बहने स्थान भएकाले पार्कमा गर्मीयाममा घुम्न आउने पर्यटकको सङ्ख्या बढी हुने उनको भनाइ छ । मेची नदीको फराकिलो बगर र पहाडको फेदीको दृश्यावलोकनसमेत पर्यटकका लागि आकर्षण बन्ने गरेको वडाध्यक्ष कार्कीले बताए ।

“यहाँको पार्क घुम्न र हात्तीका बारेमा विस्तृतमा बुझ्न नेपालका विभिन्न जिल्लाबाट मात्र होइन, भारतबाट समेत पर्यटकहरू आउन थालेका छन्”, उनले भने, “बाहुनडाँगी भन्ने बित्तिकै हात्तीको समस्या भएको ठाउँ हो भन्ने भाष्य बनिसकेको छ । हामी यस क्षेत्रलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भनेर लागिरहेका छौँ । अहिले प्रकृति पार्क पर्यटनका लागि नयाँ गन्तव्य र आकर्षण केन्दै बन्दै गएको छ ।”

पार्कभित्र रहेका साना जलाशय, वनस्पति र शान्त वातावरणले गर्दा वनभोज मनाउन जाने र प्रकृतिमा रमाउन चाहनेहरूका लागि यो पार्क उपयुक्त गन्तव्य बनेको स्थानीय समिर राईले बताए । गत वर्षको मेचीको बाढीले पार्कभित्र निर्माण गरिएको जलाशय पुरेको छ भने पार्कभित्रका विभिन्न संरचना बगाएर रु १३ लाखभन्दा बढी क्षति पुर्‍याएको उनले जानकारी दिए ।

“सुरुसुरुमा मेचीको बगरमा पार्क बनाउँदा के चल्छ होला जस्तो लाग्थ्यो”, राईले भने, “अहिले हामीले पनि पाहुना र साथीभाइलाई यही पार्कमा घुमाउन ल्याउने गरेका छौँ । केही दिनअघि भारतको कोलकाताबाट बङ्गालीभाषी पर्यटकको समूह पार्कमा घुम्न आएको थियो ।”

स्वच्छ पिउने पानी, नुहाउने झरना र बस्ने टहराको व्यवस्था भएकाले यहाँ बालबालिका लिएर अभिभावक पनि आउने गरेका छन् भने वनभोज खान र फोटो खिच्नका लागि युवायुवती आउने गरेका स्थानीय बताउँछन् । मुख्य बस्तीभन्दा टाढा मेचीको बगरमा रहेको यो पार्कमा साँझ र बिहानीपख घुमफिर गर्नका लागि भने सुरक्षा चुनौती रहेको स्थानीयको भनाइ छ ।

भारतबाट साँझ पर्ने बित्तिकै जङ्गली हात्ती नेपालतिर यही गौँडाबाट प्रवेश गर्ने र बिहानीपख भारततिर फर्किने भएकाले उक्त समयमा पार्कमा बस्नु असुरक्षित हुने स्थानीयले जनाएका छन् । मानव–हात्ती द्वन्द्व न्यूनीकरण र हात्तीको आवतजावतलाई व्यवस्थित गरेर पर्यटकलाई सुरक्षित रूपमा प्रकृति अवलोकन गर्ने वातावरण बनाउन प्रयास गरिनुपर्ने यहाँ आउने पर्यटकले जोड दिएका छन् ।

“मेचीको बगरमा ६० देखि १०० वटाको सङ्ख्यामा आउने हात्तीको बथान हेर्ने र फोटो खिच्ने इच्छा थियो”, बिर्तामोडबाट प्रकृति पार्कमा घुम्न आउनुभएका वैभव न्यौपानेले भने, “बजार र बस्तीबाट टाढा भएकाले पार्कमा हात्ती आउला भन्ने डरले बेलुकासम्म बस्ने आँटै आएन ।”

पार्कमा पर्यटकको आगमन बढ्न थालेसँगै स्थानीय बाहुनडाँगी बजारमा घरबास र साना होटलमा ग्राहक थपिन थालेका छन् । बाढीले भत्काएको पूर्वाधारलाई पुनः निर्माण गर्ने र भविष्यमा बाढीले क्षति नगरोस् भनेर पार्कलाई जोगाउन राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पूर्वी तटमा बलियो बाँध बाँध्ने कार्य सुरु गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

भारतसँगको खुला सिमाना र जङ्गली हात्तीको नियमित प्रवेशका कारण सुरक्षा चुनौती रहे पनि सौर्य तारबारको प्रभावकारी प्रयोग गर्दै सरकारसँगको सहकार्यमा बाहुनडाँगीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडा कार्यालयले पहल गरिरहेको उनले बताए ।

Tags: #राससपर्यटक
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    311 shares
    Share 124 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.