मोरङ : मोरङको उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनारमा मंगलबार बिहान एक महिलाको शव फेला परेको छ।
उर्लाबारी–१ को लन्डन ब्रिज नजिक काँसघारीमा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार शव उर्लाबारी–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको रहेको खुलेको छ।
सिलाइकटाइको काम गर्दै आएकी सविता गत जेठ ९ गते शनिबारदेखि हराइरहेकी थिइन्। मंगलबार बिहान स्थानीयवासी गाईवस्तु चराउन जाने क्रममा काँसघारीमा शव देखेपछि बिहान करिब ७ः४० बजे प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार शव सुन्निएको तथा घोप्टो परेको अवस्थामा फेला परेको थियो।
डीएसपी श्रेष्ठका अनुसार हालसम्म मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धानपछि घटनाको वास्तविकता बाहिर आउनेछ।














Discussion about this post