झापा : झापाको मेचीनगर नगरपालिका ४ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
सोही ठाउँकी ६२ वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा अचानक जङ्गलबाट आएको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post