मोरङ : मोरङ सर्पले डसेर बुधबार एक जनाको मृत्यु भएको छ ।
जिल्लाको रंगेली नगरपालिका–८ दर्वेशाका अन्दाजी ५५ वर्षीय झमलाल ताजपुरियाको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको सरसफाइ गर्ने क्रममा बुधबार दिउँसो ४ः४५ बजेतिर उनलाई सर्पले टोकेको थियो ।
तत्काल उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post