Tuesday, August 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १९, २०८३
in अन्तर्वार्ता, समाचार
0
‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)
88
SHARES
Share on FacebookShare on Twitter

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदकी उम्मेदवार मीना ढकाल आचार्यसँग वर्तमान व्यावसायिक वातावरण, उद्योगी–व्यवसायीले भोगिरहेका चुनौती, उद्योग वाणिज्य संघको भूमिका तथा निर्वाचित भए कार्यान्वयन गर्ने प्राथमिकताबारे गरिएको कुराकानीको सम्पादित अंश :

१. सर्वप्रथम आफ्नो व्यक्तिगत तथा व्यवसायिक पृष्ठभूमिबारे बताइदिनुहोस् न। कुन व्यवसायमा हुनुहुन्छ र यो क्षेत्रमा कति वर्षदेखि सक्रिय हुनुहुन्छ ?

मेरो परिचयभन्दा पनि मैले व्यवसायी साथीहरूको बीचमा गर्दै आएको काम नै मेरो पहिचान हो। लामो समयदेखि व्यवसायमा सक्रिय रहँदै उद्योगी–व्यवसायीका समस्या, चुनौती र अवसरलाई नजिकबाट बुझ्ने अवसर पाएको छु। यही अनुभवलाई अब संस्थागत रूपमा व्यवसायीको हितमा प्रयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ।

२. उद्योग वाणिज्य संघसँग तपाईंको सम्बन्ध कहिलेदेखिको हो ? यसअघि संघमा कुनै जिम्मेवारी सम्हाल्नुभएको थियो ?

उद्योग वाणिज्य संघसँग मेरो सम्बन्ध लामो समयदेखिको हो। व्यवसायीका साझा हितका विषयमा विभिन्न कार्यक्रम, छलफल र गतिविधिमा निरन्तर सहभागी हुँदै आएको छु। संघलाई अझ प्रभावकारी, समावेशी र व्यवसायीमैत्री बनाउने सोचका साथ अहिले जिम्मेवारी लिन अघि बढेको हुँ।

३. तपाईंलाई चुनाव लड्न प्रेरित गर्ने मुख्य कारण के हो ?

व्यवसायीले भोगिरहेका वास्तविक समस्याको समाधानका लागि काम गर्ने दृढ इच्छा नै मेरो उम्मेदवारीको मुख्य कारण हो। विशेषगरी उद्यमीहरूको सशक्तीकरण, नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्ने वातावरण निर्माण र व्यवसायीको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने उद्देश्यले चुनावी मैदानमा आएको हुँ।

४. निर्वाचित हुनुभयो भने तपाईंको पहिलो प्राथमिकता के हुनेछ ?

मेरो पहिलो प्राथमिकता व्यवसायीको विश्वास जित्ने र संघलाई सबैको साझा संस्था बनाउने हुनेछ। व्यवसायीका समस्या सुन्ने, समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा उद्यमी सशक्तीकरण र नयाँ व्यवसाय सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्नेछु।

५. इटहरीका उद्योगी–व्यवसायीले अहिले भोगिरहेका सबैभन्दा ठूला समस्या के–के हुन् ? ती समाधानका लागि तपाईंको योजना के छ ?

अहिले बजार मन्दी, घट्दो कारोबार, बैंकको उच्च ब्याजदर, करसम्बन्धी जटिलता र लगानीमा अनिश्चितता मुख्य चुनौती बनेका छन्। यी समस्याको समाधानका लागि स्थानीय सरकार, बैंक तथा सम्बन्धित निकायसँग नियमित संवाद गर्दै व्यवसायीमैत्री नीति निर्माणमा दबाब सिर्जना गर्नेछौँ। साथै, व्यवसाय प्रवर्द्धनका नयाँ कार्यक्रम सञ्चालन गरिनेछ।

६. साना तथा मझौला व्यवसायीको हितका लागि संघले अहिलेभन्दा फरक के गर्नुपर्छ भन्ने लाग्छ ?

साना तथा मझौला व्यवसायी नै अर्थतन्त्रको मेरुदण्ड हुन्। त्यसैले उनीहरूलाई तालिम, परामर्श, बजार विस्तार, डिजिटल व्यापारको ज्ञान र सहजीकरणमा विशेष ध्यान दिनुपर्छ। संघले ठूला व्यवसायी मात्र होइन, प्रत्येक व्यवसायीको साझा अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ।

७. संघभित्र सबै व्यवसायीको आवाज समान रूपमा सुनिने वातावरण बनाउन तपाईंले कसरी काम गर्नुहुन्छ ?

संघ सबै व्यवसायीको साझा संस्था हो। त्यसैले निर्णय प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गरिनेछ। नियमित भेटघाट, खुला छलफल, सुझाव संकलन र पारदर्शी कार्यशैलीमार्फत प्रत्येक व्यवसायीको आवाजलाई सम्मानपूर्वक समेट्ने प्रतिबद्धता व्यक्त गर्दछु।

८. बजारमा मन्दी, घट्दो कारोबार र अनलाइन व्यापारको बढ्दो प्रभावलाई तपाईं कसरी हेर्नुहुन्छ ?

समयसँगै व्यापारको स्वरूप परिवर्तन हुँदै गएको छ। अनलाइन व्यापारलाई चुनौती मात्र होइन, अवसरका रूपमा पनि लिनुपर्छ। व्यवसायीलाई डिजिटल प्रविधिसँग जोड्ने, अनलाइन बजारको उपयोग गर्न सिकाउने र परम्परागत तथा डिजिटल व्यापारबीच सन्तुलन कायम गर्ने वातावरण बनाउन संघले नेतृत्वदायी भूमिका खेल्नुपर्छ।

९. स्थानीय सरकार, कर नीति, बैंकको ब्याजदर र लगानीमैत्री वातावरणबारे तपाईंको धारणा के छ ?

व्यवसाय फस्टाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक छ। कर नीति सरल, व्यवहारिक र व्यवसायमैत्री हुनुपर्छ। बैंकको ब्याजदर नियन्त्रणमा ल्याउन सम्बन्धित निकायसँग पहल गर्नुपर्छ। लगानीकर्तामा विश्वास जगाउने वातावरण निर्माण भए मात्र आर्थिक गतिविधि चलायमान हुन्छ भन्ने मेरो विश्वास छ।

१०. चुनावपछि धेरै प्रतिनिधि व्यवसायीबाट टाढा हुने आरोप लाग्छ। तपाईंले त्यो विश्वास कसरी तोड्नुहुन्छ ?

मेरो चुनावी अभियान नै व्यवसायीबीच पुगेर उनीहरूको कुरा सुन्ने अभियान हो। र यो चुनावपछि पनि निरन्तर रहनेछ। नियमित भेटघाट, प्रत्यक्ष संवाद, समस्या सुन्ने संयन्त्र र कामको सार्वजनिक समीक्षा गर्दै उत्तरदायी नेतृत्वको उदाहरण प्रस्तुत गर्नेछु। व्यवसायीले जुन विश्वासका साथ मत दिनुहुन्छ, त्यसलाई कहिल्यै कमजोर हुन दिनेछैन।

११. अन्त्यमा, इटहरीका सम्पूर्ण उद्योगी–व्यवसायीलाई तपाईंको सन्देश के छ ?

हाम्रो साझा उद्देश्य समृद्ध व्यवसाय, सशक्त उद्यमी र समुन्नत इटहरी हो। अनुभव, सक्रियता र इमानदार प्रतिबद्धताका साथ हामी व्यवसायीको हकहितका लागि निरन्तर काम गर्नेछौँ। उद्यमीहरूको सशक्तीकरण, नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्ने योजना र व्यवसायमैत्री वातावरण निर्माण हाम्रो प्राथमिकता हुनेछ। तपाईंहरूको अमूल्य मत, विश्वास र साथले मात्रै यो अभियान सफल हुन्छ। सक्षम नेतृत्व, साझा प्रतिबद्धता र उज्ज्वल भविष्यका लागि नवराज काफ्ले नेतृत्वको साझा समूहलाई विजयी बनानुहुन अनुरोध गर्दछु।

Tags: #उवासंघअन्तर्वार्तामीना ढकाल आचार्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
समाचार

यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद

by टाकुरा न्यूज । इटहरी
भदौ ८, २०८३
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदा आठ जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन्। विश्वासको...

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन
विविध

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

by रासस
भदौ ८, २०८३
0

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ। गाउँपालिकाले उन्नत जातको...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

भदौ ८, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३
कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

भदौ ८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भदौ ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद

भदौ ८, २०८३
भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भदौ ८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

भदौ ८, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    305 shares
    Share 122 Tweet 76
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.