इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।
सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।
मृतक देवानगन्ज–३ निवासी २२ वर्षीय जयप्रकाश मेहता हुन्।
गोली लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो।
अस्पतालले बिहीबार दिउँसो करिब साढे १ बजेतिर उनलाई मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
यसअघि सो घटनामा आइतबार राति ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसयता यस क्षेत्र तनावग्रस्त बनेको छ।











Discussion about this post