इटहरी : सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–५ जनता बस्ती क्षेत्रमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका स्थानीय २३ वर्षीय बादल चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट ०.६२ ग्राम ब्राउनसुगर बरामद गरेको छ।
उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, दुहबी नगरपालिका–५ फुटबल चोकस्थित कोशी राजमार्गमा इलाका प्रहरी कार्यालय दुहबीको चेकिङ टोलीले पैदल हिँडिरहेका इटहरी उपमहानगरपालिका–९ निवासी २२ वर्षीय निमा शेर्पालाई जाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
दुवै घटनामा बरामद पदार्थ परीक्षणका लागि पठाउने तथा पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post