इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दामा झुम्का कारागारमा बन्दी रहेका सुनसरीको इनरुवा नगरपालिका–९ का ४४ वर्षीय विनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बिहान ८ बजेतिर अस्थायी प्रहरी पोष्ट पोखरीचोक, सुनसरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकबाट चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक प्रक्रिया पूरा गरी पुनः झुम्का कारागार पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post