भोलिदेखि इटहरी बजार क्षेत्रमा ७ दिन सम्म विद्युत अबरुद्ध हुने भएको छ ।
६ लेन सडकले पोल सार्नुपर्ने भएको कारण विद्युत अवरुद्ध हुने भएको हो । सडक बिस्तारका लागि सडक छेउका पुराना बिजुलीका पोलहरु फेर्ने भएकाले बिद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण इटहरी शाखाले जनाएको छ ।
इटहरीको साथी पेट्रोल पम्प देखि गोरखा बेकरी सम्म बाटो बिस्तार गर्नुपर्ने र पोल सार्नुपर्ने भएकाले ११ केभि इटहरी फिडवारबाट तथा ११ केभि उद्योग लबिपुर फिडवारबाट आपूर्ती भएका बिद्युत बिहानको ९ बजेबाट बेलुका ४ बजे सम्म आवरुद्ध हुने जनाएको छ ।
यो पनि – इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्














Discussion about this post