इटहरी उपमहानगरपालिका वडा नं. २ मा देविथान चोक नजिकैबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय मानिसहरुसँग छोराको किड्नी फेल हुनको साथै कसैले कान नसुन्ने र कसैले आखा नदेख्ने भनि विभिन्न बाहना गरी सिफारिस देखाई आर्थिक सहयोग माग्दै स्थानीयहरुलाई हैरानी दिँदैछन् भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीले तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अमन मगर, मदन खत्री र ललित गिरी रहेका छन् ।
तत्काल संकास्पद अवस्थामा झुठो बहाना बनाएर ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post