इटहरी : इटहरी उपमहानगरपालिका–१६ बालग्रामबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बालग्रामस्थित एक कोठामा खानतलासी गर्दा ५ ग्राम २२० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो ।
प्रहरीले लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा कोठामा छापा मार्दा पाँच जनाको साथबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ घर भई हाल इटहरी–१६ बस्दै आएका ३२ वर्षीय विजय चौधरी, इटहरी–७ का १९ वर्षीय आदित्य चौधरी, २४ वर्षीय सनम चौधरी, २० वर्षीया अञ्जु सरदार र रामधुनी नगरपालिका–६ की १९ वर्षीया रोनिका राजधामी रहेका छन् ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post