इटहरीमा थप एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।
इटहरी ५ का ९० बर्षीय बृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको आज बिहान मृत्यु भएको हो । वृद्धलाई उपचारका लागि २३ गते नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।
आइसीयूमा उपचाररत वृद्धमा मधुमेह, दम, युरिक एसिड लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।














Discussion about this post