प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सभामुख भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै वडा दशैंले नेपालीहरुमा राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्ने उल्लेख गरेका हुन् । साथै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति सम्मान र स्नेह सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्वको रुपमा वडा दशैं रहेको पनि सभामुख भण्डारीले बताएका छन् ।
बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको विभिन्न जातजाति, समुदाय, भाषाभाषी, सम्प्रदाय, भूगोल र धर्माबलम्वीहरुले मनाउदै आएका चाडपर्व तथा सँस्कृतिले विविधतायुक्त विशेषताहरुलाई सम्मान गर्दै हामी नेपालीलाई एकताको सुत्रमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता, अनेकतामा एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पु¥याउदै आएको सन्देशमा भनिएको छ ।













Discussion about this post