Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
in खेलकुद, समाचार
0
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर
51
SHARES
Share on FacebookShare on Twitter

इटहरी : खेलकुदको पर्याप्त सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि इटहरीलाई ‘स्पोर्ट्स सिटी’ घोषणा गर्न नसक्दा खेल क्षेत्रले धेरै अवसर गुमाएको खेल क्षेत्रका अगुवाहरूले बताएका छन् ।

स्थानीय सरकारले स्पष्ट नीति, पर्याप्त बजेट र योजनाबद्ध कार्यक्रम बनाएर खेलकुद विकासलाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड छ ।

सञ्चारपाटी डटकमको आयोजना तथा राष्ट्रिय जागृति क्लब इटहरीको संयोजनमा आयोजित ‘इटहरीमा खेलकुदको भविष्य : पूर्वाधार, नीति र गतिविधि’ विषयक अन्तरक्रियामा यस्तो सुझाव दिइएको हो ।

खेल पत्रकार अर्जुन सुवेदीले इटहरीको खेलकुदको विगतदेखि वर्तमान सम्मको अवस्था, सम्भावना र चुनौति बारे प्रस्तुति दिए । त्यस्तै अभियन्ता हिमाल दाहालले भोलिको इटहरी अभियान र कार्यक्रमको उद्देश्य बारे जानकारी दिए ।

कार्यक्रममा सहभागी खेल क्षेत्रका अग्रज, खेलाडी, प्रशिक्षक, खेल पत्रकार तथा अन्य सरोकारवालाहरूले पर्याप्त सम्भावना भए पनि योजनाबद्ध विकास हुन नसकेको बताए । उनीहरुले खेल एकेडेमी बनाउनुपर्ने, नियमित प्रतियोगिता गर्नुपर्ने माग राखे ।

कार्यक्रमका संयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष केशव कार्कीले इटहरीमा खेल पूर्वाधार बने पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन नसकेको बताए । समग्र योजना र नीति बन्न नसक्दा हिजोको खेलको इतिहास कायम राख्न नसकेको यथार्थ अवस्था बताए ।

कार्कीले खेलाडी र खेल संस्थाहरुले आर्थिक समस्याको सामना गर्नु परेको बताउँदै सबै खेललाई अघि बढाउनका साझा योजना आवश्यक परेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव बिष्टले इटहरीको खेलकुद विकासका लागि विगतमा भएका निर्णय र सम्भावनालाई पुनः कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

इटहरी रंगशालाका लागि विगतमा नेपाल सरकारले १६ बिघा जग्गा उपलब्ध गराउने निर्णय भए पनि तत्काल ८ बिघा मात्र उपलब्ध भएको र थप संरचना निर्माण भए बाँकी जग्गा उपलब्ध गराउने विगतको निर्णयलाई कार्यान्वयन गर्न इटहरीले दबाब दिनुपर्ने बताए ।

कार्यक्रममा उपस्थित भएका विभिन्न खेल विधाका अग्रजहरुले आफ्ना धारणा राखे । उनीहरुले इटहरीको खेलकुद विकास गर्न स्थानीय तहले गर्नुपर्ने काम बारे सुझाव दिएका छन् ।

Tags: #इटहरी#खेलकुद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी
समाचार

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : इटहरीमा लागूऔषध नाइट्राजेपाम ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा संयुक्त...

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध
विविध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

मोरङ : सामुदायिक क्याम्पसले भोग्दै आएका समस्या तथा विभेदका विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीबीच अन्तरक्रिया...

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३
भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भदौ १९, २०८३
कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

भदौ १९, २०८३
युवतीलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

युवतीलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.