खोटाङमा भएको ट्याक्सी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाईते भएका छन् ।
खोटाङको बाह्रपोखरी गाउँपालिका ५ स्थित भित्री सडक खण्डमा बंशिलाढाटबाट चिसापानीतर्फ जाँदै गरेको को १ ज ३४७० नं को ट्याक्सी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृत्यु हुनेमा उदयपुर चौदण्डीगढी नगरपालिका ८ बस्ने वर्ष २० की बृहस्पति राई , खोटाङको बाह्रपोखरी गाउँपालिका ६ बस्ने वर्ष ४५ को बच्छुमान राई र सोही स्थानमा बस्ने वर्ष ४० को विश्व राई रहेका छन् ।
यस्तै, उदयपुरको चौदण्डीगढी ८ का मृतक बृहस्पति राईको ९ महिने छोरा बिप्सन राई, सोही स्थानका वर्ष २८ को छत्र बहादुर राई राई, ३० वर्षीय दिपल परियार राई र खोटाङ बाह्रपोखरी गाउँपालिका ६ बस्ने मृतक बच्छुमान राईको श्रीमती वर्ष ३२ की नवीना राई गम्भीर घाइते भएका छन् ।
उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सो ट्याक्सीका चालक चौदण्डिगढी ६ बस्ने वर्ष २७ को याम बहादुर बिकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।














Discussion about this post