९ बर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गर्ने एकजनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
गत १३ गते स्थानीय एक बालिकालाई ललाई फकाई गरी जबरजस्ती करणी गर्ने धनकुटाका बुद्धे राईलाई इटहरी १९ तरहराबाट प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार धनकुटाको महाभारत गाउँपालिका ४ आस्को घर भएको र हाल सुनसरीको इटहरी १९ तरहरास्थित ससुराली घरमा बसोबास गर्दै आएका ५० बर्षीय राईलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तस्वीर क्याप्सन : पक्राउ परेका राई ।














Discussion about this post