तरहरा : तरहराबाट इटहरीतर्फ जादैँ गरेको ट्रक र मोटरसाईकल दुर्घटना भएको छ ।
इटहरी १ आँपगाछीमा रहेको यातायात कार्यालय अगाडि आज साँझ दुर्घटना भएको हो ।
स्थानीय दीक्षान्त केसीका अनुसार ६ लेन सडकको लापरबाहीका कारण यहाँ दैनिकजसो साँझको समयमा दुर्घटना हुने गरेको छ । बीच सडकमा खाडल रहेकाले तीब्र गतिमा रहेको सवारीमा ब्रेक लगाउँदा पिछाडि रहेका अन्य सवारीहरु दुर्घटनामा पर्ने गरेको उनले टाकुरालाई जानकारी दिए ।
आज साँझ तत्काल पूरै नम्बर प्लेट नखुलेको ७४६३ नम्बरको मिनि ट्रकमा मोटरसाईकलले पिछाडि ठक्कर दिएको थियो । दुवै सवारीको गति बढि रहेकाले सो ठाउँमा ब्रेक लगाउँदा पिछाडिबाट मोटरसाईकल ठोक्किएको र अगाडिको भागमा क्षति पुगेको केसीले बताए ।
उनका अनुसार मानवीय क्षती भने भएको छैन । तीन दिन अगाडिमात्रै सोही ठाउँमा पोखराबाट धरान आएको कार दुर्घटनामा परेको थियो ।
सडक विभागको लापरबाही र सडकमा रहेका खाल्डाखुल्डी समेत नपुर्ने र काम नगर्ने भएकाले दैनिकजसो दुर्घटना हुने गरेको स्थानीयबासी बताउँछन् ।














Discussion about this post