वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान ९ का ६१ बर्षीय महिला रहेकी छिन् ।
उनको आज दिउँसो पौने ५ बजे उपचारको क्रममा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनलाई गत कात्तिक ५ गते कोरोना पुष्टि भएको थियो ।














Discussion about this post