धरानमा आज बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान १ की ६१ बर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान ३ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनमा उच्च रक्तचापसहित अन्य दीर्घरोग समेत रहेको थियो । उनमा ५ गते कोभिड संक्रमण पुष्टि भएको थियो ।














Discussion about this post