वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकजना धरान १२ की ७८ बर्षीया महिला रहेकी छिन् भने अर्का उदयपुरको कटारीका १४ बर्षीय बालक छन् ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान १२ की ७८ बर्षीया वृद्धाको हिजो राती ११ बजे मृत्यु भएको थियो ।
यस्तै, उदयपुरको कटारी नगरपालिकाका १४ बर्षीय बालकको पनि उपचारको क्रममा आज विहान ९ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए ।
नोबेल अस्पतालबाट रेफर भएर आएका ती बालकलाई प्रतिष्ठानमा कार्तिक १६ गते भर्ना गरिएको थियो ।














Discussion about this post