इटहरीमा ट्रकले स्कूटरलाई ठक्कर दिदाँ दुईजनाको अवस्था गम्भीर भएको छ ।
इटहरी ४ स्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जादैँ गरेको को १ ख ३६३४ नं. को ट्रकले सडक क्रस गर्दै गरेको प्र. १–०२–४१ प ६८९९ नं. को स्कूटरलाई ठक्कर दिदाँ दुईजनाको अवस्था गम्भीर रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
गम्भीर घाईते हुनेमा इटहरी ४ बस्ने बर्ष २२ को दीपक पोखरेल र सोही ठाउँ बस्ने बर्ष २२ को मिलन गौतम रहेका छन् ।
उनीहरुको उपचारको लागि बिराट नर्सीङ होम बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post