कोरोना संक्रमणले तीन दिनको अन्तरमा धरान १४ विजयपुरमा श्रीमान र श्रीमतीको मृत्यु भएको छ ।
तीन दिन अघि ६७ बर्षीय वृद्धाको मृत्यु भएको थियो । आज विहान उनका ७४ बर्षीय श्रीमानको पनि उपचारको क्रममा मृत्यु भएको धरान उपहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
‘तीन दिनअघि श्रीमतीको कोरोना संक्रमणले मृत्यु भएको थियो, आज बिहान श्रीमानको पनि मृत्यु भयो,’मेहताले भने ।
घरमा नै बसेका वृद्धलाई आज बिहान गाह्रो भएपछि करीब साढे ९ बजे वीपी प्रतिष्ठान लगिएको थियो ।














Discussion about this post