बैतडी र दार्चुलाको सीमानागन्नाबाट महेन्द्रनगर जादैँ गरेको बस विहीबार राती खोड्पेमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको भने ३४ जना घाईते भएका छन् ।
गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस विहीबार राति १०ः२५ बजे बैतडीको पाटन नगरपालिका–८, खोड्पे बजार नजिक दुर्घटनामा परेको हो ।
बस सडकबाट ६ सय मिटर तल भीरमा खसेको छ । बसमा ५० जना सवार थिए ।
घाईतेहरुको राती नै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको छ ।
मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।














Discussion about this post