जिल्ला प्रशासन कार्यालय सुनसरीले होटल व्यवसायीलाई साढे ९ बजेसम्म खोल्न अनुमति दिएको छ ।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले इटहरी, धरान, झुम्का, इनरुवा लगायत जिल्लाका सबै होटलहरुमा साढे ९ बजेसम्म खोल्न अनुमति दिएको जानकारी दिए ।
यसअघि कोरोना भाइरसको कारण देखाउँदै प्रशासनले जिल्लामा सञ्चालित होटलहरु ८ बजे बन्द गराउँदै आएको थियो ।
यसअघि प्रहरीले पनि व्यवसायीलाई सहज ढंगबाट व्यवसाय गर्न नदिएको आरोप लाग्दै आएको थियो ।
आजबाट लागू हुनेगरि सुनसरीका सबै होटलहरु साढे ९ बजेसम्म सञ्चालन गर्ने अनुमति पाएसँगै होटल व्यवसायीहरु उत्साहित भएको होटल व्यवसाय संघ इटहरीका अध्यक्ष पराजुलीले बताए ।
‘यसअघि हामीलाई व्यवसाय गर्न असहज थियो, तर आजदेखि भने सहज तरिकाले व्यवसाय गर्न पाइने अनुमति भएको छ,’ पराजुलीले टाकुरासँग भने, हामीले पटक–पटक प्रशासनमा जानकारी गराउँदा पनि सहज रुपमा व्यवसाय गर्न नपाइरहेको अवस्थामा अब भने सहज हुने विश्वास छ ।’












Discussion about this post