इटहरी ४ पानधारे चौक स्थित भित्री सडकखण्डमा उतरबाट दक्षिण आउँदै गरेको को ३८ प ७१५२ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ च ७६०९ नं. को पिकअपले ठक्कर दिदाँ एकजना गम्भीर घाईते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष ४० को लालबहादुर श्रेष्ठ गम्भीर घाईते भएका हुन् ।
उनको उपचारको लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post