इटहरी : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले बुधबार पक्राउ गरेपछि इटहरीमा सरकारबिरुद्ध प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका नेता कार्यकर्ता, नेपाल विद्यार्थी संघ, तरुण दल तथा विभिन्न भातृ संगठनहरुले सरकारबिरुद्ध इटहरीमा प्रदर्शन गरेको हो ।
नेविसंघ सुनसरीका उपसभापति सुबेक्छु देवानका अनुसार इटहरीको मुख्य चौकमा अहिले साँझ सरकारबिरुद्ध प्रदर्शन गरिएको हो ।
सयौँको संख्यामा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा अोलीको पुत्ला समेत दहन गरेका थिए ।
देवानले भने, ‘सरकारको ज्यादतीबिरुद्ध हामीले प्रदर्शन गरेका हौँ, दुईतिहाईको दम्भले सरकार नालायक बन्दै गईरहेको अवस्था छ ।’
बुधबार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको एक कार्यक्रममा जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।




















Discussion about this post