ईलाका प्रहरी कार्यालय इटहरीले ल्यापटप चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ भने अर्का एकजनालाई चोरीको ल्यापटप किनेको आरोपमा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत पौष १० गते इटहरी ६ स्थित अलईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युटको कार्यालयबाट डेल कम्पनीको कालो रङको ल्यापटप चोरी भएको थियो ।
ल्यापटप चोरी गर्ने मानिसहरुको सीसी टिभीको फुटेजको आधारमा खोजतलास गर्ने क्रममा इटहरी १० बस्ने बर्ष ३० को मनोज कार्कीलाई आज पक्राउ गरेको हो ।
ल्यापटप चोरीपछि कार्कीले इटहरी ६ स्थित विराटनगर लाईनमा सुनचाँदी व्यवसाय गर्दै आएका इटहरी २ बस्ने बर्ष को २८ श्याम बिकलाई बिक्री गरेका थिए ।
बिकले उक्त ल्यापटप पसलमा चलाई रहेको अवस्थामा फेला परेको र उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ परेका दुवैजनामाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको छ ।














Discussion about this post