आफूले जन्म दिएको छोरीलाई बलात्कार गरेको आरोपमा सुनसरी बराहक्षेत्रका एक जना व्यक्ति पक्राउ परेका छन् ।
बलात्कार हुदा बसेको गर्भ फाल्नलाई छोरी लिएर अस्पताल गएका बेला सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षका पुरुष पक्राउ परेका हुन् । उनी माथि आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोप लागेको छ ।
पुरुषले गाउँमै गर्भ फाल्ने प्रयास गरेको भए पनि छोरीको स्वास्थ्य अवस्था जटिल भएकाले शुक्रबार विराटनगरको नोबेल मेडिकल कलेज ल्याएको प्रहरीले जनाएको छ । अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधिखोजी गरेका थिए ।
सोधीखोजीका क्रममा आफ्नै बुबाले करणी गर्दा गर्भ रहेको पीडितले बताए पछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई खबर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट पुगेको प्रहरीले अस्पतालबाट पीडित किशोरीकी बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो ।
पक्राउपछि अनुसन्धानको क्रममा रहेका पुरुषले बलात्कार गरेको स्वीकार गरेका छन् । घटनाको विषयमा थप अुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post