झापा : नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा झापाको विर्तामोडका उद्योगी टीका ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
विर्तामोडमा सोेमबार भएको तेस्रो साधरणसभाबाट ढकाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको जिल्ला नगरतर्फको उपाध्यक्षमा इटहरीका भीमबहादुर पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, एसोशिएटतर्फको उपाध्यक्ष विराटनगरका उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।
संघको कोषाध्यक्षमा रमेश राठी निर्वाचित भएका छन् । यस्तै जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपाल राज कटुवाल, वीरेन्द्रकुमार साह, प्रितम खड्गी निर्विरोध चयन भएका छन् ।
यस्तै एसोसिएट सदस्यहरुमा सुवास आचार्य र राजन श्रेष्ठ, वस्तुगत सदस्यमा रविनकुमार दाहाल, श्रवण कुमार अग्रवाल निर्विरोध चयन भएका छन् ।














Discussion about this post