प्रतिबन्धित लागुऔषध खैरो हिरोईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका १३ का २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउँपालिका ५ का २४ वर्षीय सन्दिप राई रहेका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
कार्यालय दिएको जानकारी अनुसार कार्यालयबाट खटिएर गएको प्रहरी टोलीले सोमबार राती प्रधानलाई शंंकास्पद अवस्थामा फेला पारेपछि खानतलासी गर्दा १ ग्राम खैरोहिरोइन फेला परेको थियो ।
उक्त खैरोहिरोइन बरामद भएसंगै प्रारम्भिक सोधपुक्षका क्रममा राईबाट खरिद गरेको बताएपछि राईलाई धरान ६ पानबारीमा फेलापारी उनिमाथी पनि चेकजाँच गर्दा ७ सय मिलिग्राम खैरेहिरोइन बरामद भएको कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुबैलाई सुनसरी जिल्ला अदालतमा लागुऔषध मुद्धामा म्याद थप गरी यस विषयमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।














Discussion about this post