धरान रहेको एनआइसि एसिया बैंकको शाखाबाट एटिएम मेशिन फुटाएर पैसा चोरी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार धरान १२ महेन्द्र पथस्थित एनआइसि एसियाको एटिएम मेशिन आइतबार साँझको समयमा फुटाएर चोरी भएको थियो ।
यस घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानले सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्नलाई हिजो साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोशी गाउँपालिका ३ कोशीकटान जुद्धगञ्ज घर भई धरान ३ मा डेरा गरि बस्ने २३ बर्षीय सुभान मन्सुरी रहेका छन् ।
डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई हिजो साँझ धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाता भित्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका मन्सुरी यसअघि पनि गाउँमा नै चोरीमा पक्राउ परेका थिए ।














Discussion about this post