इटहरी उपमहानगरद्धारा इटहरी १७ को विपन्न वस्तिका एकसय जनालाई जाडोमा न्यानो कम्बल वितरण गरिएको छ ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल शाहले कम्बल वितरण गरेका थिए ।
पछिल्लो केही सातायता जाडो ज्यादै बढेकाले उपमहानगरले कम्बल वितरण गरेको जनाएको छ ।
जाडोबाट प्रभावित अरु वडाको विपन्न वस्तिमा पनि कम्बल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए । यतिबेला जाडोले सर्वसाधारणको जनजीवन कष्टकर वनेको छ ।
जाडोबाट बच्न आगो तापेर बाल्नका लागि उपमहानगरले चौक आसपास तथा विपन्न वस्तिहरुमा केही दिन अगाडि दाउरा समेत वितरण गरेको थियो ।












Discussion about this post