धरान बसोबास गर्ने ईटहरी उपमहानगरपालिका १९ घर भएका २३ वर्षीय बिकास बुढाथोकीलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ । १ सय क्याप्सुल स्पास्मो प्रोक्सभोन र ८० ट्याब्लेट नाइट्रोसन सहित प्रहरीले पक्राउ गरेको हो ।
उनको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनको कोठा खान तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post