प्रदेश १ का १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्य सुरु गरिएको छ। प्रदेशका ८ वटा जिल्लामा बुधबार एकै पटक खोप लगाउन सुरु गरिएको हो।
विराटनगरको कोशी अस्पतालका प्रमुख चुमनलाल दासलाई कोभिडशिल्ड खोप लगाएर प्रदेशमा खोप अभियान सुरु गरिएको हो।यो खोप पहिलो चरणमा प्रदेश नं १ का १४ वटा जिल्लाका ३५ हजार ५ सय ७६ जनालाई लगाइनेछ।
आज पहिलो चरणमा ५८२ जना डाक्टरलाई खोप लगाउने तयारी गरिएको छ। मोरङ र सुनसरीमा ४ ४ वटा खोप केन्द्र तय गरिएको छ भने झापामा ३ वटा खोप केन्द्र तय गरिएको छ।














Discussion about this post