Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कञ्चनजंघा : विश्वमा तेस्रो, नेपालको गौरव

अर्जुन उप्रेती by अर्जुन उप्रेती
पुस २६, २०८२
in टाकुरा विशेष, विचार
0
कञ्चनजंघा : विश्वमा तेस्रो, नेपालको गौरव
83
SHARES
Share on FacebookShare on Twitter

नेपाल विश्वमान चित्रमा हिमालै हिमालको देश, सबै भन्दा धेरै हिमाल भएको देश, विश्वमा ८ हजार मिटर माथिका १४ वटा हिमाल भएको देश । प्रकृतिको उपहारले नै पनि नेपालका हिमाल सम्बन्धी पचासौँ विश्व रेकर्ड छन् ।

तर तिनै विश्वका अग्ला हिमालमा सबै भन्दा पहिला कसले पाइला राख्ने भनेर बारम्बार विकसित मूलुकका मानिसहरू चिन्ति भइरहन्छन् र आफ्ना देशको नाममा रेकर्ड बनाउन तल्लीन रहन्छन् ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा ८ हजार ५ सय ८६ मिटर अर्थात् २८ हजार १ सय ६९ फिट अग्लो हिमाल हो ।

जुन पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा पर्दछ भने यसको पूर्वतर्फ भारतको सिक्किम प्रान्त रहेको छ । यही कञ्चनजघां हिमालमा आरोहणको इतिहास बनाउन भने ब्रिटिसहरू प्रथम भएका छन् ।

सन् १९५५ अर्थात् सगरमाथाको सफल आरोहण भएको दुई वर्षपछि २५ मे १९५५ मा चाल्र्स इभानले नेतृत्व गरेको बेलायती एक्सपिडिसनले सफल आरोहण ग¥यो र बेलायतका जोए ब्राउन र जर्ज बेण्डले सर्व प्रथम कञ्चनजंघा हिमाल आरोहण गरेर विश्व इतिहासमा प्रथम आरोहीको नाम दर्ज गराए ।

त्यसपछि दोस्रो दिन सोही एक्सपिडिसनका नर्मन हार्डी, टोनी स्ट्रिदरले आरोहण सफल गरे भने ११ जनवरी १९८६ मा पोल्याण्डका जेर्जी कुकुच्का र क्रिष्टोफ भिलिच्कीले कञ्चनजंघाको सफल आरोहण गरी तेस्रो बने ।

त्यसपछि सन् १९९२ मा मेक्सिकोका कार्लोस कार्साेलियोले एकल आरोहण बिना अक्सिजन सफल आरोहण गरी विश्व कीर्तिमान बनाए भने सन १९९८ मा बेलायतकी जिनेस ह्यारिसन कञ्चनजंघामा पहिलो सफल महिला आरोही बनिन् ।

यसरी हेर्दा ब्रिटिसहरूको सुरुवात बर्चश्व भएको देखिन्छ कञ्चनजंघा आरोहणको सुरुवाती चरणमा ।

बारम्बार बद्ली भइरहने मौसम, हिउँपहिरो र अफ्ट्यारो बाटोका कारण आरोहणका लागि निक्कै कठिन हिमालमा सूचिकृत छ कञ्चनजंघा हिमाल । यसमा आरोहण गर्नका लागि दुईवटा रुटहरू छन् ।

नर्थफेस जुन सिक्किमतिरबाट चढिन्छ भने अर्काे साउथ फेस रुट जुन दक्षिण आधार शिविरबाट यालुङ ग्यालासियर पार गरेर चढ्नु पर्दछ । कञ्चनजंघामा दुईवटा आधार शिवर छन् नर्थ र साउथ । यी दुवै आधार शिविर सम्मको ट्रेकिङ रुट पनि नेपालका हिमालहरूको पदयात्रमा निक्कै कठिन पदयात्रा समेत मानिन्छ ।

कञ्चनजंघा हिमाललाई पूर्वी नेपालका लाप्चा र सिक्किममा बसोबास गर्ने लाप्चा समुदायले आफ्ना भगवानको शिर भनेर आदिमकालदेखि पूजा आरधना गर्दै आएको ह्ुनाले आरोहीहरूले पनि कञ्चनजंघा आरोहण गर्दा उच्च विन्दु भन्दा एक दुई फिट तलसम्म मात्र आफनो पाइला पु¥याउँछन् ।

तर शिरमा पाइला राख्न धार्मिक रूपमा पनि अनुमति छैन । सन् १८५२ भन्दा अगाडि जतिबेला सगरमाथा अर्थात् पन्ध्रौं चुली पत्ता लागि सकेको थिएन । त्यो बेला सम्म कञ्चनजंघालाई विश्वको सबैभन्दा अग्लो हिमाल मानिन्थ्यो ।

हिमाल आरोहणमा सबैभन्दा धेरै दुर्घटना हुने र आरोहीहरूको अवसान हुने पहिलो हिमालमा पाकिस्तानको नाङ्गा पर्वत, दोस्रोमा नेपालको अन्नपूर्ण प्रथम पर्दछन् भने तेस्रोमा कञ्चनजंघा पर्दछ ।

अहिले सम्म कञ्चनजंघा आरोहणका क्रममा धेरै दुर्घटना भएको र पचासौँ मानिसले ज्यान गुमाइसकेका छन् ।

त्यसमध्ये सन १९८९ देखि ९२ सम्ममा हिउँ पहिरो र खराब मौसमका कारण आरोहीहरूको मृत्यु भएको थियो भने सन् १९९८ मा समिट गरेर फर्किदै गर्दा हिउँ हुरी र खराब मौसमका कारण एकैपटक धेरै आरोहीहरूले ज्यान गुमाएका थिए ।

त्यस्तै, सन् २००६ मा तेस्रो क्याम्प नजिकै हिउँ पहिरो जाँदा धेरै आरोहीहरूको मृत्यु भएको थियो भने सन् २०१३ मा खराब मौसमका कारण आरोहीहरूको मृत्यु भएको घटना मुख्य छन् ।

कञ्चनजंघामा पहिलो नेपाली आरोहीका रूपमा १४ मे सन् १९८० मा आङफूर्वा शेर्पाले पाइला राखेका थिए ।

धेरै आईसफलहरू भएको, ठाडो, भिरालो हिउँले भरिएको हिमाल भएका कारणले यद्यपि कञ्चनजंघा हिमाललाई आरोहणका दृष्टिले कठिन हिमाल भनिन्छ ।

गत वर्षमात्रै कञ्चनजंघासँगै रहेका अरू तीनवटा हिमालको मापन प्रमाणित गर्दा ८ हजार मिटर भन्दा अग्ला हिमालमा सूचीकृत भएका छन् । जसमा यालुङखाङ ८,५०५, कञ्चनजंघा सेन्ट्रल ८,४७६ र कञ्चनजंघा साउथ ८,४७६ मिटर उचाई भएका हिमालमा सूचीकृत भएका छन् ।

Tags: #विचारअर्जुन उप्रेतीकञ्चनजङ्गाकञ्चनजङ्घा हिमालटाकुरा विशेष
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
पर्यावरण

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
खेलकुद

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

साउन २२, २०८३
अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.