नेपाल विश्वमान चित्रमा हिमालै हिमालको देश, सबै भन्दा धेरै हिमाल भएको देश, विश्वमा ८ हजार मिटर माथिका १४ वटा हिमाल भएको देश । प्रकृतिको उपहारले नै पनि नेपालका हिमाल सम्बन्धी पचासौँ विश्व रेकर्ड छन् ।
तर तिनै विश्वका अग्ला हिमालमा सबै भन्दा पहिला कसले पाइला राख्ने भनेर बारम्बार विकसित मूलुकका मानिसहरू चिन्ति भइरहन्छन् र आफ्ना देशको नाममा रेकर्ड बनाउन तल्लीन रहन्छन् ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा ८ हजार ५ सय ८६ मिटर अर्थात् २८ हजार १ सय ६९ फिट अग्लो हिमाल हो ।
जुन पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा पर्दछ भने यसको पूर्वतर्फ भारतको सिक्किम प्रान्त रहेको छ । यही कञ्चनजघां हिमालमा आरोहणको इतिहास बनाउन भने ब्रिटिसहरू प्रथम भएका छन् ।
सन् १९५५ अर्थात् सगरमाथाको सफल आरोहण भएको दुई वर्षपछि २५ मे १९५५ मा चाल्र्स इभानले नेतृत्व गरेको बेलायती एक्सपिडिसनले सफल आरोहण ग¥यो र बेलायतका जोए ब्राउन र जर्ज बेण्डले सर्व प्रथम कञ्चनजंघा हिमाल आरोहण गरेर विश्व इतिहासमा प्रथम आरोहीको नाम दर्ज गराए ।
त्यसपछि दोस्रो दिन सोही एक्सपिडिसनका नर्मन हार्डी, टोनी स्ट्रिदरले आरोहण सफल गरे भने ११ जनवरी १९८६ मा पोल्याण्डका जेर्जी कुकुच्का र क्रिष्टोफ भिलिच्कीले कञ्चनजंघाको सफल आरोहण गरी तेस्रो बने ।
त्यसपछि सन् १९९२ मा मेक्सिकोका कार्लोस कार्साेलियोले एकल आरोहण बिना अक्सिजन सफल आरोहण गरी विश्व कीर्तिमान बनाए भने सन १९९८ मा बेलायतकी जिनेस ह्यारिसन कञ्चनजंघामा पहिलो सफल महिला आरोही बनिन् ।
यसरी हेर्दा ब्रिटिसहरूको सुरुवात बर्चश्व भएको देखिन्छ कञ्चनजंघा आरोहणको सुरुवाती चरणमा ।
बारम्बार बद्ली भइरहने मौसम, हिउँपहिरो र अफ्ट्यारो बाटोका कारण आरोहणका लागि निक्कै कठिन हिमालमा सूचिकृत छ कञ्चनजंघा हिमाल । यसमा आरोहण गर्नका लागि दुईवटा रुटहरू छन् ।
नर्थफेस जुन सिक्किमतिरबाट चढिन्छ भने अर्काे साउथ फेस रुट जुन दक्षिण आधार शिविरबाट यालुङ ग्यालासियर पार गरेर चढ्नु पर्दछ । कञ्चनजंघामा दुईवटा आधार शिवर छन् नर्थ र साउथ । यी दुवै आधार शिविर सम्मको ट्रेकिङ रुट पनि नेपालका हिमालहरूको पदयात्रमा निक्कै कठिन पदयात्रा समेत मानिन्छ ।
कञ्चनजंघा हिमाललाई पूर्वी नेपालका लाप्चा र सिक्किममा बसोबास गर्ने लाप्चा समुदायले आफ्ना भगवानको शिर भनेर आदिमकालदेखि पूजा आरधना गर्दै आएको ह्ुनाले आरोहीहरूले पनि कञ्चनजंघा आरोहण गर्दा उच्च विन्दु भन्दा एक दुई फिट तलसम्म मात्र आफनो पाइला पु¥याउँछन् ।
तर शिरमा पाइला राख्न धार्मिक रूपमा पनि अनुमति छैन । सन् १८५२ भन्दा अगाडि जतिबेला सगरमाथा अर्थात् पन्ध्रौं चुली पत्ता लागि सकेको थिएन । त्यो बेला सम्म कञ्चनजंघालाई विश्वको सबैभन्दा अग्लो हिमाल मानिन्थ्यो ।
हिमाल आरोहणमा सबैभन्दा धेरै दुर्घटना हुने र आरोहीहरूको अवसान हुने पहिलो हिमालमा पाकिस्तानको नाङ्गा पर्वत, दोस्रोमा नेपालको अन्नपूर्ण प्रथम पर्दछन् भने तेस्रोमा कञ्चनजंघा पर्दछ ।
अहिले सम्म कञ्चनजंघा आरोहणका क्रममा धेरै दुर्घटना भएको र पचासौँ मानिसले ज्यान गुमाइसकेका छन् ।
त्यसमध्ये सन १९८९ देखि ९२ सम्ममा हिउँ पहिरो र खराब मौसमका कारण आरोहीहरूको मृत्यु भएको थियो भने सन् १९९८ मा समिट गरेर फर्किदै गर्दा हिउँ हुरी र खराब मौसमका कारण एकैपटक धेरै आरोहीहरूले ज्यान गुमाएका थिए ।
त्यस्तै, सन् २००६ मा तेस्रो क्याम्प नजिकै हिउँ पहिरो जाँदा धेरै आरोहीहरूको मृत्यु भएको थियो भने सन् २०१३ मा खराब मौसमका कारण आरोहीहरूको मृत्यु भएको घटना मुख्य छन् ।
कञ्चनजंघामा पहिलो नेपाली आरोहीका रूपमा १४ मे सन् १९८० मा आङफूर्वा शेर्पाले पाइला राखेका थिए ।
धेरै आईसफलहरू भएको, ठाडो, भिरालो हिउँले भरिएको हिमाल भएका कारणले यद्यपि कञ्चनजंघा हिमाललाई आरोहणका दृष्टिले कठिन हिमाल भनिन्छ ।
गत वर्षमात्रै कञ्चनजंघासँगै रहेका अरू तीनवटा हिमालको मापन प्रमाणित गर्दा ८ हजार मिटर भन्दा अग्ला हिमालमा सूचीकृत भएका छन् । जसमा यालुङखाङ ८,५०५, कञ्चनजंघा सेन्ट्रल ८,४७६ र कञ्चनजंघा साउथ ८,४७६ मिटर उचाई भएका हिमालमा सूचीकृत भएका छन् ।















Discussion about this post