Saturday, September 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
in FEATURE BREAKING, धर्म/संस्कृति, समाचार
0
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ
66
SHARES
Share on FacebookShare on Twitter

इटहरी : श्रीकृष्ण जन्माष्टमी उत्सवलाई समापनका लागि गरिने श्रीकृष्ण रथयात्रा इटहरीलगायत कोशीका विभिन्न जिल्लामा समापन गरिएको छ । हरेक साल कृष्ण जन्माष्टमीपछि रथयात्रा गर्ने प्रचलन रहेको छ । सुनसरीको इटहरीस्थित विराटनगर लाइनमा रहेको राधाकृष्ण मन्दिरको आयोजनामा हरेक साल रथयात्रा निकालिन्छ ।

यसपालि पनि श्रीकृष्ण रथयात्रामा हजारौँको सहभागितामा इटहरी बजार परिक्रमा गरेर रथयात्रा समापन गरिएको आयोजकले जनाएको छ । कोशी प्रदेशको सबैभन्दा ठूलो रथयात्राका रूपमा विराटनगरको रथयात्रालाई लिइने गर्छ । करीब दश हजार भक्तजनको उपस्थितिमा रथयात्रा यस वर्ष पनि निकालिएको छ । विराटनगर मेनरोड हुँदै बजार परिक्रमा गरी रथयात्राको समापन गरिएको छ ।

त्यसैगरी सुनसरीकै धरान, झापाको दमक र उदयपुरको गाईघाटलगायत बजार क्षेत्रमा पनि भक्तजनको उल्लेख्य सहभागितामा रथयात्रा निकालिएको थियो ।

गत श्रावण महिनामा सुनसरीको देवानगञ्जमा भएको हिन्दु मुस्लिम झडपपछि सुरक्षाका दृष्टिकोणले कोशी प्रदेश संवेदनशील मानिन्छ । प्रशासन संयन्त्र सजग रहँदै रथयात्रामा उल्लेख्य प्रहरी परिचालन गरेको थियो । सुरक्षा संयन्त्रको तैनाथीका कारण रथयात्रामा कुनै पनि मानवीय घटना भने हुन पाएन भने शान्तिपूर्वक समापन भएको छ ।

विराटनगरमा शान्तिसुरक्षामा खलल पुर्‍याउने ९० पक्राउ
विराटनगरमा आयोजित ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले ९० जनालाई पक्राउ गरेको छ । रथयात्रामा सहभागी तथा दर्शकहरूको भीड बढ्दै गएपछि सुरक्षा व्यवस्था कायम गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मोरङ प्रहरीका अनुसार रथयात्राका क्रममा शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अवाञ्छित गतिविधि रोक्न सुरक्षा टोली परिचालन गरिएको थियो । पक्राउ परेकामध्ये केहीलाई अनुसन्धानपछि आवश्यक प्रक्रिया पूरा गरी छाडिने प्रहरीले जनाएको छ ।

विराटनगरमा पनि रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीय प्रशासनले रथयात्रामा सहभागी सबैलाई अनुशासित भएर सहभागी हुन तथा सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको थियो ।

Tags: #विराटनगरश्रीराधाकृष्ण रथयात्रा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

देवता र मानवताको अन्तिम युद्ध (कविता)
FEATURE BREAKING

देवता र मानवताको अन्तिम युद्ध (कविता)

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

कवि सिद्धान्त गौतम कलमकार जब आकाशमा मेघगर्जन हुन्छ, खुल्छन् स्वर्गका ढोकाहरू एका एक र निस्किन्छन् अल्लाह, जिजस, र तेत्तीस-कोटी देवता...

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ
FEATURE BREAKING

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

by रासस
भदौ २०, २०८३
0

मोरङ : भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि १’...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
हाम्रो टिम 

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.