फकिर भै गएँ म, रहर केही छैन ।
म जस्को हुँ, उसलाई खबर केही छैन ।
तिमी चुम्न खोज्छौ अधरले अधरमा
चराचर हूँ आँफै असर केही छैन ।
के को हो घमण्ड ? के को हो दम्भ ?
सबै नाशवान् छन्, अमर केही छैन ।
घृणा स्वार्थ मनबाट सबले हटाए,
छ अमृत सबैमा जहर केही छैन ।
जमाना कसैको नसुन्ने भएछ,
शिला चाँदनीको कदर केही छैन ।
















Discussion about this post