Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

दशैंको धुम्म आकाशमा आशाको दीप

ज्ञानेन्द्र विवश by ज्ञानेन्द्र विवश
कार्तिक १, २०८२
in कला साहित्य
0
दशैंको धुम्म आकाशमा आशाको दीप
67
SHARES
Share on FacebookShare on Twitter

यसपालिको दशैं, न त त्यो उत्साहको दशैं भयो, न त त्यो उमङ्गको दशैं रह्यो । यो त एउटा आँधीपछि बाँकी रहेको सन्नाटा जस्तै भयो । आकाशमा बादल मडारिएका थिए ।

मनमा निराशाका धर्साहरू कोरिएका थिए । वर्षा ऋतुको अन्त्य भइसक्दा पनि दशैंको स्वागत गर्न शारदीय आकाश खुल्न सकेन ।

बरू झमझम झरी परिरह्यो, जुन आँखाबाट बगेका दुःखका आँसुजस्तै लाग्थ्यो । बाटाघाटा, गल्लीहरू हिलाम्य भए, जसरी जीवनका बाटोहरूमा पीडाका हिलोले भरिएका छन् ।

दशैं त खुसीको पर्व हो, तर यसपालि कतिले यो पर्व शोकमा मनाए, कतिले भोकमा । आगोले डढेको खरानीमा मुस्कान खोज्दै, उजाडिएको बस्तीमा खुसीको रङ भर्न खोज्दै यो दशैं मनाउनै प¥यो ।

अग्निज्वालाले खरानीमा परिणत भएका घरहरूमा फेरि एकपटक आशाको दियो बाल्न खोज्नुपर्ने बाध्यता थियो । वर्ष दिनपछि आएको दशैंलाई निराश भएर मात्रै कसरी टिक्नु र !

चाड मान्न घर जानेहरूका लागि यात्रा पनि कहाँ सहज भयो र ! बल्लतल्ल पाएको टिकटले मनमा अलिकति भए पनि खुसीको सञ्चार गरेको थियो । तर त्यो खुसी पनि क्षणिक साबित भइदियो ।

बाढीले बाटो बगाइदियो, जसरी जीवनको बाटोमा आएका दुःखले खुसीलाई बगाइदिन्छ । कहिले शोक त कहिले भोक, कहिले बाढी त कहिले आगलागी; यसपालिको दशैंले हामीलाई सिकाएर गयो कि जीवनमा जस्तोसुकै अँध्यारो आए पनि, आशाको झिल्कोलाई निभाउन दिनुहुँदैन ।

यसपालिको दशैं मानौँ कुनै पौराणिक आख्यानमा वर्णन भएको ‘दुःखान्त कथा’ जस्तै आयो । शारदीय आकाश, जुन प्रायः उज्यालो घाम र सफा नीलोपन लिएर अँध्यारो गाउँघर झलमल्ल पारिदिन्थ्यो ।

सेतो कमेरोले पोतेको र रातोमाटोले लिपेको घर पानीले पाखालेको थियो । भर्खरै बनाएको बाटो बाढीले बगाएको थियो ।

यसपालि झमझम वर्षाले बिगार गर्नुसम्म गरिदियो । बाटाघाटाहरू हिलाम्य भए, चौरहरूमा पिङका बाँस त गाडिए तर पिङमा मच्चिने ज्यान उपस्थित भएनन् ।

घर फर्किन आतुरहरूको यात्रा पनि सजिलो कहाँ थियो र ! बल्लतल्ल हात परेको टिकट, त्यसमाथि बाढीले बाटै बगाइदिने दुर्भाग्य ! यात्रुहरूको मुहारमा शोक, रिस, थकान सबै मिसिएको थियो ।

कोही बसमा अलपत्र, कोही पैदलै खोल्सामा छाल पार्दै, कोही त बाटैमा रोइरहेका भेटिन्थे । दशैंकै बेला आफ्नो घर पुग्ने नपाउने पीडा भन्दा ठूलो पीडा यात्रुका आँखामा अरू के होला ?

कसैको घरमा शोक थियो, कसैको पेटमा भोक थियो । तैपनि, निराशाको अँध्यारोभित्र कतै न कतै सानो आशाको दियो बालेर बडा दशैं मनाइयो ।

खरानी बनेको खण्डहरबीच पनि मुस्कान खोज्ने मान्छेहरूको संघर्ष अद्भुत लाग्थ्यो । दैवी प्रकोपले सारा गाउँ–सहर हल्लाएको भए पनि, आँगनमा बली चढाउने बेला बाजा बज्यो, पीडाको गाम्भीर्य मिसियो । बालबालिकाले आफ्नो भिजेको टीका पनि गर्वसाथ देखाए ।

यसपालि दशैं उत्सव भन्दा बढी धैर्यको पाठजस्तो रह्यो । यसपालि देवीको आराधनाभन्दा बढी पीडाको सामना गर्ने हिम्मतजस्तो रह्यो । तर, त्यसैभित्र एउटा गहिरो सौन्दर्य पनि थियो – मान्छेको एक–आपसमा हात थाम्ने संस्कार ।

कसैले चुलो बाल्न सक्दैन भने छिमेकीले अन्न बाँडे, कसैको घर भत्क्यो भने गाउँलेहरूले साथसहयोग गरिदिए, कसैलाई बाटोले रोके भने साथीसँगै पैदलै उक्लिए । तर, यो अविस्मरणीय दुखाइको पीडा सजिलै कहाँ बिर्सिन सक्नु र ?!

दशैं हरेक वर्ष आउँछ, जाने गर्छ । तर यो वर्ष, यसले हामीलाई सम्झाइदियो– दशैं केवल भोग र भोजको नाम होइन,
यो त विपत्तिबीच पनि उठ्न सक्ने आत्मबलको उत्सव हो ।

आफ्नो घर पुग्न नसके पनि, आँगन पुग्न ढिलो भए पनि, मनमा आशा र आँखामा उज्यालो रहुञ्जेल दशैं सधैं हाम्रो छातीमा आउँछ, र हामीलाई फेरि–फेरि जिन्दगीमा प्रेम गर्न सिकाउँछ ।

यसपालिको दशैं मानौँ बर्सेनि आउने त्यो रमाइलो रंगीन उत्सव नभई दुःख र संघर्षको घेरामा आएको चाडजस्तो लाग्यो । त्यसो त गत वर्ष पनि दशैंअघि भारी वर्षाले ठूलै क्षतिको सामना गनुप¥यो ।

तर यसपालि दशैंको मध्यमासमा शारदीय आकाश खुल्नै सकेन । निरन्तर झमझम वर्षाले बाटा–घाटा हिलाम्य पारिदियो । खेतमा सुनौलो धान झुकेर झुलिरहेको थियो । तर त्यो सुनौलोपन पनि पानीको बोझले उदासी देखिन्थ्यो ।

गाउँको चौतारीमा उभिएको पीपल–वर पनि चुपचाप भिजिरहेको थियो । चौतारी, जहाँ दशैंका बेला गीत–संगीत, नाच–गान र हाँसोको झिल्को झुल्किन्थ्यो । यसपालि वर्षाले दैलोमा आग्लो लगाइदिए जस्तो सुनसान रह्यो ।

तर पनि कतै–कतै गाउँलेहरू भिजेको लिङ्गोबीच पिङ मच्चाइरहेका देखिन्थे । मौसमले विरमाइलो पारिदिए तापनि मन्द, मधुर हाँसोको चमक भने केही मान्छेका अनुहारमा झल्किन्थ्यो ।

तथापि, दशैं आफ्नै जन्म घर पुगेर मात्र पूरै दशैं हुने हो । बल्लतल्ल हात परेको टिकटमा सहरका दाजुभाइहरू आफ्नो घर फर्किन खोजे तर बाढीले बाटो बगाइदियो । कोही ढिलै भए पनि पैदल यात्रा गरेर गाउँ पुगे, कोही अझै बाटोमै अलपत्र परे । त्यो पीडादायी यात्राले दशैंलाई हर्षोत्सवभन्दा बढी आँसु मिसिएको स्मृति बनाइदियो ।

यद्यपि, दशैंको सुगन्धलाई कुनै विपत्तिले पूरै मेटाउन सक्दैन । गाउँघरमा ढोल–मादलको ताल बज्यो, झरीबीच पनि धुन गुञ्जियो ।

आँगनमा टीका–जमराको कार्यक्रम हुँदा, कोही शोकमा, कोही भोकमा भए पनि आशाको उज्यालो फैलियो । जसको घरमा दाउरा सकियो, छिमेकीले बाँडे । जसको अन्न भिजेर नष्ट भयो, गाउँलेहरूले सँगै उठाएर खुवाए ।

यसपालि दशैंले हामीलाई सम्झाइदियो – चाड केवल भोज र भोगको नाम होइन, यो त साझा पीडा बाँड्ने, आँसु पुछ्ने, भुइँमा ढले पनि फेरि उठ्ने आत्मबलको उत्सव हो ।

धान झुकेको बारीले भन्यो – ‘विपत्ति आयो भने झुक्नुपर्छ, तर फल दिन छाड्न हुँदैन ।’

चौतारीले भन्यो – ‘तिमीहरू थाक्दा यहाँ आउनू, सँगै बसौँ, सँगै उठौँ ।’

पिङले भन्यो – ‘पानीले भिजाए पनि, रमाइलो गर्न सकिन्छ ।’

मादलले भन्यो – ‘दुःखको स्वरलाई पनि तालमा बदल्न सकिन्छ ।’

अन्ततः, दशैंले फेरि देखाइरह्यो– अग्नीको खरानीभित्र पनि मुस्कान भेटिन्छ । आँसुभित्र पनि आशा पलाउँछ र जीवनलाई प्रेम गर्न सक्ने शक्ति सधैं हामीभित्र नै हुन्छ ।

यो दशैं निराशाको बीचमा पनि आशा खोज्ने, पीडाको बीचमा पनि खुसीको अनुहार हेर्ने एउटा अनौठो कथा बन्यो । यो चाड मनाउने हाम्रो साहसलाई सलाम !

Tags: #दशैँनिबन्ध
ज्ञानेन्द्र विवश

ज्ञानेन्द्र विवश

Related Posts

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि
कला साहित्य

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

by ज्ञानेन्द्र विवश
बैशाख १६, २०८३
0

इटहरी : सुनसरीको तरहरास्थित श्री जनसहयोग माध्यमिक विद्यालय २०५० समूहले आयोजना गर्न लागेको ‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ का लागि उत्कृष्ट...

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 
कला साहित्य

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

by ज्ञानेन्द्र विवश
बैशाख १२, २०८३
0

इटहरी : इटहरी निवासी पत्रकार तथा साहित्यकार कृष्ण अधिकारीको नियात्रा कृति ‘मैले देखेको अमेरिका’ विमोचन गरिएको छ । नेपाली लेखक संघ,...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
सिक्किमे कविलाई ‘मेरो कविता’ सिजन – १ को ट्रफी

सिक्किमे कविलाई ‘मेरो कविता’ सिजन – १ को ट्रफी

चैत्र २०, २०८२
‘मेरो कविता : द रिदम अफ पोएट्री’मा चार प्रतिस्पर्धी कविहरू छनोट

‘मेरो कविता : द रिदम अफ पोएट्री’मा चार प्रतिस्पर्धी कविहरू छनोट

चैत्र ११, २०८२
भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

फाल्गुन २९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1497 shares
    Share 599 Tweet 374
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    646 shares
    Share 258 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.