इटहरी : सुनसरीमा एकजना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएकी छन् ।
सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका वडा नं. ८ मा वडासदस्य पदमा एक महिला निर्विरोध निर्वाचित भएकी हुन् ।
निर्वाचित हुनेमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विमलादेवी मोची रहेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालय भोक्राहाका निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीका अनुसार दलित महिला सदस्यमा मोचीको मात्रै उम्मेदवारी परेपछि आज साँझ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
उनलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित गरिएको अधिकारीले बताए ।














Discussion about this post