Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी १९ का उदाहरणीय दुर्गाप्रसाद पौडेल, यी हुन् चुनाव जित्ने आधार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २५, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
इटहरी १९ का उदाहरणीय दुर्गाप्रसाद पौडेल,  यी हुन् चुनाव जित्ने आधार
325
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १९ मा दुर्गाप्रसाद पौडेल पुनः वडाध्यक्षको चुनावी प्रतिष्पर्धामा छन् ।

यसपटक इटहरी १९ मा रोचक प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षमा पुनः पौडेल नै वडाध्यक्षको उम्मेदवार छन् भने नेकपा एमालेबाट यसअघिका वडाध्यक्ष समेत रहेका श्रीनारायण चौधरी चुनावी मैदानमा छन् ।

०७४ को स्थानीय निर्वाचनमा चौधरीसँग ४ मतले पराजित भएका पौडेल यसपटक चुनाव जित्ने रणनीतिमा छन् । विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका पौडेल इटहरी १९ का लोकप्रिय नेताका रूपमा चिनिन्छन् ।

‘अघिल्लो पटक जनतासमक्ष प्रत्यक्ष जोडिएर काम गर्न पाइएन, चुनावमा पराजित भएपनि जनताकै सेवामा समर्पित छु,’ पौडेल भन्छन्, ‘कोरोनाको समयमा जनतालाई आवश्यक परेको समयमा जुनसुकै समयमा स्वास्थ्य सामाग्रीसहित हरेक ठाउँमा पुगेको छु, यसपटक यहाँका जनताले कामको मूल्याङ्कन गर्नुहुनेछ ।’

उनले यसअघि नेकपा एमालेको घोषणापत्रमा उल्लेख भएमध्येका ३० प्रतिशत पनि काम नभएको आरोप लगाउँदै यसपटक आफूले चुनाव जित्ने दाबी गरे ।

‘अहिले यहाँका सामुदायिक विद्यालयको स्तर उक्सन सकेको छैन, बजेट अभावले पठनपाठन नै नभइरहेको अवस्था पनि छ,’ उनले भने, ‘निजी विद्यालय सो सरहको गुणस्तर र कक्षा १२ सम्म निःशुल्क अध्यापनका लागि मैले पहल गर्नेछु ।’

उनले आफूले चुनाव जितेको अवस्थामा यहाँका गरिब, विपन्न, पीडित र सर्वहारा नागरिकका लागि निःशुल्क अध्यापन गराउने प्रतिवद्वता व्यक्त गरे ।

इटहरी १९ भित्री गाउँ भएकै कारण सबै ठाउँमा बाटो नबनेकाले पनि समस्या निम्तिरहेको समयमा आफूले सडक कालोपत्रेदेखि खानेपानी समस्यालाई निरुपण दिने उनको दाबी छ ।

‘प्रशासनिक काममा छिटो, छरितो, चुस्त, दुरुस्त सँगै लेखापढीको काम निःशुल्क गर्ने मेरो प्रतिवद्वता छ,’ उनी भन्छन्, ‘यहाँका चौधरी समुदायको ग्रामथानको स्तरोन्नतिका लागि पनि आवश्यक बजेट बिनियोजन गरी बुद्विजीवीहरूसँगको सहकार्यमा काम गर्नेछु ।’

उनले इटहरी १९ मा बाढीको समस्या रहेकाले शेरा खोलाको तटबन्धनका निम्ति विशेष पहल गर्ने बताउँदै भने, ‘शेरा खोलाले भवानीपुरको शिरमा क्षति पु¥याइरहेको छ, यसलाई ड्रेन उठाएर नियन्त्रण गर्ने काममा मेरो पहिलो प्राथमिकता रहन्छ, बाढीबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि विशेष पहल गर्नेछु ।’

उनले भवानीपुर सिमसार पार्कदेखि देवीथानसम्म पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिवद्वता व्यक्त गरे । अहिले आम मानिस शिक्षित भएका कारण यसपटक हाम्रो भन्दा पनि राम्रो मानिसलाई मत दिने उनको विश्वास छ ।

यस्तो छ पौडेलको पृष्ठभूमि

२०३६ मंसिर १३ गते साबिकको हाँसपोसा गाविसमा जन्मिएका उनले स्नातक उत्तीर्ण गरेका छन् ।

२०५४ सालदेखि नेविसंघबाट राजनीतिको यात्रा सुरु गरेका उनी हाल नेपाली कांग्रेस इटहरी १९ को सभापति छन् । कांग्रेसको १३ र १४ औँ महाधिवेशनमा वडासभापतिमा निर्वाचित भएका पौडेलले थुप्रै सामाजिक संघसंस्थामा योगदान पुर्याएका छन् ।

लायन्स क्लब अफ तरहराको अध्यक्ष, रेडक्रस हाँसपोसा उपशाखाको कोषाध्यक्ष, भवानीपुर सामुदायिक बनको उपाध्यक्ष भएर काम गरेको उनको अनुभव छ । विभिन्न सामाजिक संस्थामा रहँदा यहाँका विद्यालयहरूमा शैक्षिक सामाग्री वितरण, स्वास्थ्य सामाग्री वितरण, वृक्षारोपण जस्ता काममा अग्रसर भएका पौडेलले स्वास्थ्य शिविर सञ्चालन गरेर पनि जनताको प्रत्यक्ष सेवा गरेका छन् ।

कोरोनाकालमा आफैँले पीपीई लगाएर सेनिटाइजर, स्वास्थ्य सामाग्री वितरण, अक्सिजन अभाव हुँदा अक्सिजन वितरण जस्ता काममा अगुवाई गरेका पौडेल यसपटकको चुनाव जित्ने विश्वासमा छन् ।

स‘मस्या परेको बेला वडा कहाँ थियो भनेर खोज्नुपर्ने अवस्था थियो, जहाँ वडा पुगेको छैन, त्यहाँ मैले पुगेर सेवा गरेको छु, उनले भने, ‘तीनै कामको मूल्याङ्कन गरेर यसपटक मलाई यहाँका जनताले मत दिनुहुनेछ ।’

पौडेलको प्यानलमा खुल्ला सदस्यमा दीपक पुरी, रञ्जित कार्की, महिला वडा सदस्यमा नौमति राई र दलित महिला सदस्यमा कमला दर्जी चुनावी मैदानमा छन् ।

Tags: #स्थानीय तहदुर्गाप्रसाद पौडेलनिर्वाचनस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
FEATURE BREAKING

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
विविध

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

by रासस
भदौ १८, २०८३
0

झापा : नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं...

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.