विराटनगर : नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्स् लिमिटेडले विराटनगरको पुष्पलाल चौकमा आफ्नो नयाँ ग्राहक सेवा केन्द्रको शुभारम्भ गरेको छ।
ग्राहक सेवा केन्द्रले एक कार्यक्रमको आयोजना गर्दै नयाँ ग्राहक सेवा केन्द्रको शुभारम्भ गरेको हो । कम्पनीका पूर्वान्चल क्षेत्रीय प्रमुख शंकरराज सिवाकोटीले बिराटनगरको उत्तरी भेग र आसपासका क्षेत्रहरुका ग्राहकहरुलाई नजिक रहेर आफ्नो सेवा तथा ग्राहक संगको सम्बन्धलाई अझ प्रगाढ र विश्वासिलो बनाउने बताए ।














Discussion about this post