इटहरी : इटहरीमा दिउँसै घरमा लगाएको चाबी फुटाएर लाखौको गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी–२ भद्रटोलमा स्थानीय सावित्रा भण्डारीको घरमा बिहीबार दिउसो घरको ताला फोडेर १२ तोलाको सुनको गरगहना ,तथा नगद चोरी गरेर फरार हुन खोज्दा स्थानीयले नियन्त्रणमा लिइ प्रहरीमा बुझाएका हुन् ।
घरका सबै सदस्य तेश्रो तल्लामा रहेको र केहि तलको किराना पसलमा रहेकै बेला भित्र छिरेर चोरी गरी फरार भइसकेका व्यक्तिलाई स्थानीयहरूले इटहरीको इम्पेरियल होटलको कम्पाउण्डबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् ।
स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका व्यक्ति हेटौडा –२ स्थायी घर भएका २९ वर्षिय मनिष घिमिरे रहेका छन् ।
उनको साथबाट प्रहरीले १२ तोला सुनका गरगहना ,सावित्रा भण्डारीको नाममा काटिएको रू १८ लाख ४५ हजारका बिभिन्न बैंकका चेक ,डिल्लीबहादुर भण्डारीको नामको सानीमा बैंकको एटीएम कार्ड , र नगद ६० हजार ४२४ रूपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिले नशालु पदार्थ सेवन गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post